ज्ञानेन्द्र प्रकाश घले

म नुवाकोटको माटोमा हुर्किएको मान्छे हुँ।
स्नातक तहसम्म नेपालमै पढेँ, थाइल्याण्डको महिदोल विश्वविद्यालयबाट जनस्वास्थ्य विषयमा स्नातकोत्तर गरेँ, नेपालमै काम गरेँ, अनि दुई दशकभन्दा बढी समय संयुक्त राष्ट्रसंघ अन्तर्गत विश्व स्वास्थ्य संगठन ९ध्ज्इ० जस्ता अन्तर(सरकारी संस्थामा सेवा गर्ने अवसर पाएँ।
त्यहाँ मैले नीति निर्माण, बजेट योजना, स्वास्थ्य प्रणाली सुदृढीकरण र नीतिको कार्यान्वयनको अनुगमनमा काम गरेँ।
तर मेरो पहिचान अन्तरास्ट्रिय नीति निर्माणको अनुभव मात्र होइन, नेपालमै गरेको काम हो।

नुवाकोट क्षेत्र– नं २

ध्येय (Mission)

नुवाकोटको आवाज संसदमास नीति र बजेटमा संघीय संसदमा नुवाकोटको बलियो प्रतिनिधित्वस र नीति कार्यान्वयनको अनुगमन।

दृष्टि (Vision)

न्यायपूर्ण, दिगो र समृद्ध नुवाकोट—जहाँ सुशासन र जवाफदेहिता सुनिश्चित हुन्छ, अवसर सबैका लागि समान हुन्छन्, वैदेशिक रोजगारीमा रहेका श्रमिक र उनका परिवार सुरक्षित हुन्छन्, प्रत्येक नागरिकको सुरक्षा र सम्मान सुनिश्चित हुन्छ, र विकासले प्रत्येक समुदायको आवाज र गरिमा प्रतिबिम्बित गर्छ।

“जवाफदेही सुशासन, समान अवसर, श्रमिक र नागरिकको सुरक्षा, र समुदायको आवाजअनुसारको विकास भएको न्यायपूर्ण, सक्षम र समृद्ध नुवाकोट।”

अब उज्यालो बाटो। अब जिम्मेवार नेतृत्व।

हाम्रो निर्वाचन चिन्ह