म चमत्कारको वाचा गर्दिनँ।
म स्पष्ट प्राथमिकता, न्यायपूर्ण नियम र निरन्तर कामको वाचा गर्छु।
यदि विकास योजनाबद्ध रूपमा गरियो भने,
मानिस बाँच्नका लागि घर छोड्नुपर्दैन।
तपाईंको साथ र समर्थनले,
नुवाकोट–२ सम्मान र आत्मविश्वाससहित अघि बढ्न सक्छ।
नुवाकोट क्षेत्र– नं २
ध्येय (Mission)
नुवाकोटको आवाज संसदमास नीति र बजेटमा संघीय संसदमा नुवाकोटको बलियो प्रतिनिधित्वस र नीति कार्यान्वयनको अनुगमन।
दृष्टि (Vision)
न्यायपूर्ण, दिगो र समृद्ध नुवाकोट—जहाँ सुशासन र जवाफदेहिता सुनिश्चित हुन्छ, अवसर सबैका लागि समान हुन्छन्, वैदेशिक रोजगारीमा रहेका श्रमिक र उनका परिवार सुरक्षित हुन्छन्, प्रत्येक नागरिकको सुरक्षा र सम्मान सुनिश्चित हुन्छ, र विकासले प्रत्येक समुदायको आवाज र गरिमा प्रतिबिम्बित गर्छ।
तपाईंको साथ र समर्थनले,
नुवाकोट–२ सम्मान र आत्मविश्वाससहित अघि बढ्न सक्छ।


