- ग्रामीण स्वास्थ्य चौकी सुदृढीकरण, रेफरल प्रणाली, दीर्घरोग उपचार, अपाङ्गता–समावेशी सेवा तथा स्वास्थ्य बीमा सुधार सहित गुणस्तरीय स्वास्थ्य सेवामा सबैको पहुँच सुनिश्चित गर्न सार्वभौमिक नीतिगत पैरवी गर्ने।
- सामुदायिक विद्यालयको गुणस्तर सुधार, शिक्षक सहयोग, पहुँचयोग्य पूर्वाधार र समान अवसरमा जोड दिँदै शिक्षा नीतिलाई बलियो बनाउने।
- आधारभूत सेवालाई “सुविधा” होइन “अधिकार” का रूपमा स्थापित गर्ने संघीय नीतिको पक्षमा उभिने।
“जवाफदेही सुशासन, समान अवसर, श्रमिक र नागरिकको सुरक्षा, र समुदायको आवाजअनुसारको विकास भएको न्यायपूर्ण, सक्षम र समृद्ध नुवाकोट।”
अब उज्यालो बाटो। अब जिम्मेवार नेतृत्व।


